महालक्ष्मी नगरपालिका आहालेमा कृषी दिवस समारोह भव्यरुपमा सम्पन्न
धनकुटा खबर । “चिसो न्यानो सुन्दर धनकुटाको ताजा तरकारी, कृषी आधुनीकीकरण, व्यवसायीकरण तथा खाद्य सुरक्षा हाम्रो समझदारी” भन्ने मुल नारा सहित सहभगीतामुलक व्यवसायिक उत्पादन प्रविधि प्रद्धशनी तथा कृर्षि दिवस समारोह भव्यरुपमा सम्पन्न भएको छ ।
जोन सञ्चालक समिती सिधुवा धनकुटा र प्रधानमन्त्रि कृर्षि आधुनीकीकरण परीयोजना, परीयोजना कार्यन्वयन इकाइ तरकारी जोन सिधुवा धनकुटाको आयोजनामा महालक्ष्मी नगरपालिका ९ आहालेमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केराउ बालीको जातीय नतीजा प्रद्धशन गरीएको थियो । विभिन्न ५ समूहमा रहेका किसानले आफुले लगाएको केराउको उत्पादनका बारेमा गित संगितको माध्यमबाट समेत जानकारी दिएका थिए ।

महलक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु कार्की को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जोन सञ्चालक समितीका प्रदाधिकारीहरु,किसानका अगुवा ,जनप्रतिीनधी तथा चारकर्मी उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले नगरपालिकाले किसानलाई विभिन्न अनुदानका कार्यक्रम समेत राखेको हुदा नगरपालिकासग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उत्कृष्ट प्रद्धशन गर्ने समूहलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।


