विद्यालयमा दरवन्दि शिक्षक चाडो नियुक्ति गर्न जोड

धनकुटा खबर । धनकुटाको चौैविसे गाउँपालिका २ को वाल कल्याण प्राथामिक विद्यालयमा चाडो दरवन्दि शिक्षक नियुक्ती गर्न सम्वन्धित पक्षले ध्यान दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् ।

विद्यालयले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमवाट उत्कृष्ठ अभिभावकलाई सम्मान गर्न आज आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यालयमा दरवन्दि शिक्षक चाडो नियुक्ति गर्न ध्यान दिनु पर्नेमा जोड दिएकाहुन् ।

यसअघि सो विद्यालयमा दरवन्दिमा कार्यरत शिक्षक पूर्व प्रधानाध्यापक गजेन्द्र प्रसाद घिमिरेले गत चैत महिनावाटै अवकास लिए पनि अहिले सम्म सो कोटामा अर्को शिक्षक नियुक्ती नहुँदा घिमिरे आफैले विहान १० वजे देखी अपराहन्न ४ वजे सम्म विद्यार्थीहरुलाई पढाउदै आउनुभएको छ ।

शिक्षक अभावमा विद्यार्थीको पठनपाठ प्रभावित हुने भएपछि अवकास लिनु भएका पूर्व प्रधानाध्यापक घिमिरेले अहिले सम्म अभिभावकको चाहना अनुसार त्यहाँ पढाईरहनुभएको हो । यदी उहाँले पढाउन छाडे विद्यार्थीको पठनपाठन प्रभावित हुने भन्दै कार्यक्रमका सहभागी वक्ताहरुले सो कोटामा चाडो अर्को शिक्षक नियुक्ती गर्नु आवश्यक रहेको वताएकाछन् । विद्यालयका अनुसार यो कोटामा सरकार आफैले शिक्षक नियुक्ती गर्ने व्यवस्था छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा प्रसाद खतिवडाको अध्यक्षता तथा जनप्रतिनीधि २ नं वडा सदस्य मेख वहादुर याख्खाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमवाट उत्कृष्ठ अभिभावकहरु सुनिता खतिवडा,निरु मादी र हान्मती याख्खा लाई दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै गरी यस विद्यलयमा प्रधानाध्यापक भई लामो समय सम्म योगदान पुर्याउनुभएका ७६ वर्षका हरी प्रसाद वराललाई पनि सम्मान गरिएको छ । शिक्षक अभिभावक संघका सदस्य ओम प्रसाद खतिवडाले स्वागत मन्लव्य राख्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फवाट समितिका पूर्व अधयक्ष पौडेल, वुद्धीजीवि सञ्च वहादुर मादी,भुवनी प्रसाद पौडेल,दूर्गा प्रसाद खतिवडा,तेज प्रसाद भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । सञ्चालन पूर्व प्रधानाध्यापक गजेन्द्र प्रसाद घिमिरेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।