कांग्रेसको १ न प्रदेश स्तरीय प्रशिक्षण धनकुटामा हुने

धनकुटा खबर, २ साउन । धनकुटामा साउन १३ र १४ गते नेपाली कांग्रेसको १ प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

साउन १३ र १४ गते धनकुटामा १ प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको नेपाली कांग्रेस धनकुटाका सचिब विजयसन्तोषी राईले जानकारी दिए ।

नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलेको अध्यक्षतामा भएको बैठकले साउनको दोस्रो साता धनकुटामा हुने प्रदेश स्तरीय नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रममलाई सफल बनाउन विभिन्न समितिहरु गठन समेत गरेको राईले जानकारी दिए ।

जिल्ला सभापती अग्नी पसाद पौडेलको संयोजकत्वमा मुल समिति, उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन समिती प्रदेश सांसद तथा नेपाल महिला संघ धनकुटका अध्यक्ष लिला सुब्बाको संयोजकत्वमा स्वागत तथा मञ्च व्यवस्थापन समिति, सचिव विजय सन्तोषी राईको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय व्यवस्थापन समिति, कोषाध्यक्ष दिनेश राईको संयोजकत्वमा आर्थिक समिति र जिल्ला सदस्य खेम पौडेलको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरेको सचिव राईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।