सुक्दै र सुस्ताउदै गएको धनकुटा नगरको विकास अब पर्यटन बाट

धनकुटा खबर । पछिल्लो समय सुक्दै र सुस्ताउदै गएको धनकुटालाई जिवन्त दिदै धनकुटा नगरको विकास पर्यटन उद्योग पर्यटनको रणनिति आबश्यक रहेको सरोकार वालाहरुले बताएका छन् ।

धनकुटामा भएको कार्यक्रम बोल्दै उनिहरुले अबको धनकुटाको विकास पर्यटन बाट समेत अगाडी बढाउन आवश्यक भएको बताएका हुन् । कार्यक्रमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले धनकुटा नगरपालिका क्षेत्रको पर्यटन प्रवद्धन गर्न धनकुटा नगरपालिका क्रियाशिल रहेको वताउनु भयो ।

कार्यक्रममा धनकुटा नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर, धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई, नेकपा धनकुटा नगर कार्य समितिका अध्यक्ष अर्जुन छाराहाङ्ग, नेपाल रेडक्रस सोसाईटी १ नम्वर प्रदेशका सभापति नरेन्द्र पोखरेल, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, धनकुटा होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्ट लगायतले धनकुटामा प्राकृतिक, धार्मिक,सास्कृतिक, सासहिक, ऐतिहासिक पर्यटन क्षेत्र रहेकोले तिनीहरुको सम्वद्धन र प्रवद्धन र प्रचार प्रसार गरी पर्यटनबाट धनकुटा नगरको विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा परामर्शदाता शान्तिराम दाहालले धनकुटा नगरको पर्यटन उद्योगको विकासको वारेमा महत्वपूण दस्तावेज प्रस्तुत गर्नु भएको थियो । भने अर्का परार्मशदाता प्रनिस श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।