दिनप्रतिदिन सवारी चाप वढे पनि धनकुटामा सवारी दूर्घटनामा कमी हुँदै, कारण यस्तो…

धनकुटा खबर । पछिल्लो समय धनकुटामा सवारी दूर्घटना संख्यामा कमी हुँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका अनुसार दिनप्रतिदिन सवारी चाप वढे पनि प्रहरीले विभिन्न सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरेको कारण जिल्लामा सवारी दुर्घटनामा कमी आएको हो ।

फलस्वरुप गत आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा सवारी दूर्घटना भएका छन् । तर सवारी दुर्घटनामा कमी आए पनि दूर्घटनामा परी मृत्यू हुनेको संख्या भने अघिल्लो आ.व भन्दा २०७५ / ७६ मा ३ जना वढी छ । यस्तो किन भयो भन्ने जिज्ञासामा एउटै दूर्घटनामा मृत्यू वरण गर्ने २,३ जना भएकोले मृतकको संख्या वढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले वताउनु भयो ।

यता दूर्घटनामा परेका सवारी मध्ये पनि सवै भन्दा वढी १२ वटा मोटरसाईकल दूर्घटनाममा परेका छन् ।मोटरसाईकल वढी दूर्घटना हुनुमा चालकको लापरवाही, आफ्नो साईडको वारेमा ध्यान नदिनु, ट्राफिक नियममा ध्यान नदिईनु, अनावश्यक हतारमा सवारी हाँक्नु, हतारमा वाटो पार गर्न खोज्नु जस्ता कारण रहेको प्रमुख खड्काले वताउनु भयो ।

दूर्घटना न्यूनिकरणका लागि गत वर्ष ट्राफिक प्रहरी कार्यलय धनकुटाले स्कूल सम्पर्क कार्यक्रम, सचेतना मूलक पर्चापम्प्लेट वितरण, सवारी चालकलाई प्रशिक्षण, सार्वजनिक स्थानमा एलइडी टिभी राख्ने, ट्राफिक नियम घुम्ति प्रशिक्षण, ट्राफिक नियम सम्वन्धि सचेतना मूलक होडिङवोर्ड राख्ने, ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर टाँस्ने, ट्राफिक स्वयम्सेवक उत्पादन तथा परिचालन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी कार्यलयको तथ्यांक अनुसार विगतका वर्षहरुमा वर्षमा ४० वटा सम्म सवारी दुर्घना हुने गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।