सरकारले दिँदै आएको शिक्षक कोटा नै गायव भएपछि…

भक्तपुर । सरकारले दिँदै आएको शिक्षक कोटा नै गायव भएपछि भक्तपुर ईन्द्रियणी स्थित (सीबीआर) समुदायमा आधारित पुनःस्थापना केन्द्र मा विशेष एवं समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा परेको छ । राहत शिक्षक अनुदान सुविधा कोटा नै गायव भएपछि (सीबीआर)मा पढ्दै आएका अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा परेको हो ।

दुई वर्ष देखि शिक्षकको तलब सुविधा उपलब्ध हुन नसक्दा स्कुल बन्द गर्नुपर्ने अवस्था आएको (सीबीआर)ले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट (सीबीआर)ले पाईरहेको सात राहत शिक्षकको कोटा गायब भएको सीबीआरले जनाएको छ । देश संघीयतामा गएपछि माध्यमिक तहसम्मका शिक्षकहरुको जिम्मेवारी एवं दायित्व नगरपालिकामा गएसँगै सीबीआरको सात जना राहत शिक्षकको कोटा गायब भएको हो ।

सीबीआरले अपांगता भएकाको लागि भक्तपुरको ईन्द्रायणी पीठमा दुई र मध्यपुर थिमी नगरमा एक गरी तीनवटा विशेष स्कुल सञ्चालन गर्दै आएको छ । उक्त स्कुलमा १५ बहिरा तथा ६३ बौद्धिक, अटिजम र बहुअपांगता भएका गरी ७८ जना अध्ययनरत छन् ।

(सीबीआर)ले शिक्षा विभागबाट २०६१ साल र २०६३ मा एउटा–एउटा र २०६६ सालमा थप ६ वटा गरी आठ वटा प्राथमिक तहको राहत शिक्षकको कोटा प्राप्त गरेको थियो । तत्कालिन जिल्ला शिक्षा कार्यालयले स्थानीय तहमा विद्यालय शिक्षक अभिलेख दर्ता तथा हस्तान्तरण गर्दा यस संस्था अन्तर्गत कार्यरत शिक्षकहरुको अभिलेख समावेश नगरिएकोले अहिले स्थानीय तहमा अभिलेखिकरण हुन नसकेर शिक्षा विभागबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वंचित हुन गएको सीबीआरको ठहर छ ।

“अनुदान कोटा शिक्षा विभागको जानकारी र अनुमति विना तथा हामीलाई कुनै किसिमको पूर्व जानकारी विना कसरी कस्लाई कुन आधारमा वितरण गरियो भन्ने हाम्रो चासो हो, तत्कालिन शिक्षा विभागबाट अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि (सिबिआर) संस्थाको नाममा बहिरा स्रोत कक्षा तथा बहुअपाङ्गता कक्षाका लागि छुट्याइएको विशेष राहत शिक्षक कोटा तथा आयाको कोटा अन्य विद्यालयमा हस्तान्तरण नै हुन नसक्ने भन्ने हाम्रो जिकिर छ’ सीबीआरका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापति भन्नुहुन्छ । उहाँले माध्यमिक तहसम्मका शिक्षकको जिम्मेवारी र दायित्व नगरपालिकामा गएसँगै आफूहरु भक्तपुर नपामा बुझ्न जाँदा (सीबीआर)मा कार्यरत शिक्षकको दरबन्दी गायब भएको थाहा भएको बताउनुभयो ।

यसबारे तत्कालीन जिल्ला शिक्षा कार्यालयमा बुझ्न जाँदा भक्तपुर नगरपालिकामा सबै पठाएको जवाफ दिइए पनि भक्तपुर नगरपालिकामा बुझ्न जाँदा सीबीआर र यहाँ कार्यरत सातजना शिक्षक कुनै विवरण नै फेला नपरेको संचालक सदस्य शुरेश प्रधानले भनुभयो । त्यस पछि फेरि बुझ्न जाँदा जिल्ला शिक्षा कार्यालयले भक्तपुर नगरपालिकामा विवरण नगएको तर विभागबाटै सीबीआरका राहत शिक्षकको दरबन्दी खुलेर नआएको जवाफ दिएको थियो । फेरि शिक्षा विभाग जाँदा भक्तपुरमा रहेको ५९ राहत शिक्षक कोटाभित्रै (सीबीआर)का सात जनाको पनि विवरण रहेको प्रत्युत्तर दिएको सीबीआरका संयोजक रमेशराम श्रेष्ठले बताउनुभयो ।

‘तर विभागले भने अनुसार ५९ राहत शिक्षकको दरबन्दीमा शिक्षा कार्यालयको रेकर्डमा (सीबीआर)का सातजना कतै फेला परेन कार्यालयमा राहत शिक्षकहरुको नियुक्तिसम्बन्धी कुनै फाइल समेत फेला परेन । (सीबीआर)को समस्याबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराउँदा मन्त्री पोखरेलले २०७५ साल भाद्र २६ गते ‘समस्या समाधान गरिदिने’ भनी तत्कालीन शिक्षा विभागका महानिर्देशकलाई लिखित आदेश दिनुभएको थियो ।

शिक्षामन्त्रीकै लिखित निर्देशन भएपछि महानिर्देशक आफैं सीबीआर र जिल्ला शिक्षा कार्यालय भक्तपुर पुगेर समस्याबारे जानकारी लिए पनि मन्त्रीको लिखित आदेशको हाल सम्म सम्बोधन नभएको (सीबीआर)का संयोजक श्रेष्ठले बताउनु भयाे ।

गत २०७४\७५ आ.ब.को तथा २०७५ र ७६ वर्ष तथा आगामी शैक्षिक वर्षको शिक्षा विभागबाट प्राप्त अनुदान कोटा अनुसार ७ जना प्राथमिक तहको राहत शिक्षकको अनुदान कोटा तथा १ जना आएको २ वर्षको बाँकी तलब भत्ता सहित निरन्तर उपलव्ध हुने गरी आवश्यक परिस्थिति निर्माण गरि दिन सम्पूर्ण सरोकारवालामा सीबीआरले अनुरोध गरेको छ ।

(सीबीआर) भक्तपुर नगरपालिकामा विशेष शिक्षा अन्तर्गत कक्षा संचालन गर्ने गरी बहुअपांगता बहिरा विशेष विद्यालयको रुपमा दर्ता भएको छ । न्यूज 24 नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।