पहिरो पी’डित मुढेवास धनकुटाका २५ घरपरिवारलाई राहत बाँडियो

धनकुटा खबर । निरन्तर वर्षाको कारण ठाउठाउँमा पहिरो जाँदा पीडित वनेका धनकुटाको चौविसे गाउँपालिका वडा नं २ मुढेवासका २५ घरपरिवारलाई आज राहत वितरण गरिएको छ ।

वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले पहिरोले पूर्ण रुपमा घर वगाएका २ परिवार, आंशीक रुपमा क्षती वेहोरेका २२ र अन्य १ सहित २५ परिवारलाई राहत वितरण गर्नुभएको हो ।

पहिरोले पूर्णरुपमा घर वगाएको राम वहादुर मगर र गंगा वहादुर सेमीमगरको परिवारलाई नगद १५र१५ हजार राहत वडाध्यक्ष लिम्वुले वितरण गर्नुभयो । आंशीक रुपमा क्षती वेहोरेकाहरुले नगद ५-५ हजार राहत पाएकाछन् ।

आंशिक क्षती वेहोर्नेहरुमा उत्तरमानसूर्य मगर, टंकमाया सुनार,पदमसिंह लिम्वु, वहादुरसिंह याखा,जहरलाल लिम्वु,असार वहादुर लिम्वु,दोर्णवहादुर लिम्वु,लोक वहादुर लिम्वु,दूर्गासिंह आले,ईन्द्रकुमारी लिम्वु,लेखनाथ श्रेष्ठ,दिपेन्द्र विक, गोकुल श्रेष्ठ,दिल वहादुर लिम्वु, राम प्रसाद याखा,सुवास लिम्वु,कृष्णराजेश लिम्वु,रनवीर मगर,गंगा वहादुर लिम्वु,अञ्चला याखा,उत्तर वहादुर याखा र भीम माङलाङ रहेकाछन् ।

सोही स्थानमा मंगलमाया मादीको परिवारलाई भने अहिले ५ हजार मात्र राहत प्रदान गरिएको छ । पहिरोले घर समेत वगाउदा पहिरोमा परी दुवै खेट्टाको घुँडा भाचीएर घाईते हुनुभएको मंगलमाया अहिले उपचारमा रहनुभएको त्यहाँका स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँको क्षतीको विवरण प्रहरीले तयार पारेपछि थप राहत प्रदान गरिने जनाईएको छ ।

मुढेवास क्षेत्रमा भर्खरै मात्र रोपीएको धानखेती समेत वर्षातको कारण पहिरो विभिन्न स्थानमा पहिरो जाँदा पुरेर क्षती गरेको किसानहरुले वताएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।