हरिराज खेवाको तस्विर समेटिएको स्मृति ग्रन्थ विमोचन

धनकुटा खबर, १३ साउन । पूर्व अर्थराज्य मन्त्री स्व. हरिराज खेवाको तस्विर समेटिएको स्मृति ग्रन्थ विमोचन गरीएको छ ।

सोमबार धनकुटामा आयोजना गरीएको तेस्रो हरिराज खेवा स्मृति दिवस एवं हरिराज खेवा स्मृति ग्रन्थको विमोचन कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य सुरेन्द्र कुमार कार्कीले ग्रन्थको विमोचन गरेका हुन् ।

कार्यक्रमा बोल्दै नेता कार्किले देशमा राजनैतिक परिवर्तन भएपनि सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तन नभएको बताउँदै स्वर्गिय हरिराज खेवाले देखेका सपना र गर्न बाँकी रहेका काम पुरा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पछिल्लो समयमा राजनितीलाई जनताले फोहोरी खेलको रुपमा लिएकाले असल व्यक्ति पनि राजनितीमा थिए भनेर चिनाउन स्मृति ग्रन्थ प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णु पारघरीले बताए । २

०७३ साल साउन १३ गते धनकुटाको सिंधुवामा भएको बस दुर्घटनामा परि खेवाको निधन भएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला खेवा अर्थ राज्यमन्त्री भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।