धनकुटाका सुकुम्वासी यी किसान जसको तरकारी खेतीबाट जीवन शैलिनै फेरीयो
धनकुटा खबर । नेपाली समाजमा निक्कै चलेको एउटा भनाई छ “दु:ख मा आत्तिनु र सुख मा नमात्तीनु ।” साँच्चै कुनैपनि काम दु:ख मा नआत्ती धैर्यताका साथ गर्दै जाने हो भने एक समय त्यो धैर्यताले पक्कै मिठो फल प्राप्त हुन्छ ।
यो भनाई धनकुटाका एक किसानको जीवनमा करिव २४ वर्षको धैर्यता र लगनशिलता पछि ठ्याक्कै मेल खाएको छ । २०५२/०५३ सालमा धरानमा लगेर ५ रुपैया प्रति के जी वन्दाकोपी बेचेको दुखेसो सुनाउनुहुने जिल्लाको छथर जोरपाटिगाउँपालिका ५ का दोर्जि शेर्पाले तरकारी बेचेर अहिले बार्षिक लाखौको आम्दानी लिदै आउनुभएको छ ।
२०५२ सालबाट बन्दाकोपि खेति गर्न थाल्नुभएका उहाँले अहिले बन्दाकोपि बेचेर वार्षीक ३५ लाख आम्दिानि लिने गरेको वताउनुहुन्छ । आफु सुकुम्बासी भएका कारण आफ्नो जग्गा नहुँदा वार्षिक ९ मुरी आलु तिर्नेगरी जग्गा भाडामा लिएर ५८ वर्षका शेर्पाले तरकारी खेति गर्न थाल्नु भएको हो ।

२०५२ सालअघि मकै खेति र भेडा बाख्रा पालेर जीविकोपार्जन गर्नुपर्दा शेर्पालाई घरको समस्या टार्न र जग्गाको भाडा तिर्न पनि मुस्किल पर्ने गरेको थियो । यस्तो समस्या भएपछि सोही भाडामा लिएको जगामा शूरुमा २० ग्राम बन्दा कोपिको वीउ व्याड राखेर एकहल मेलोको बारीमा रोपेको बन्दाको वीउ बाट एक सय मेट्रिकटन बन्दाकोपि उत्पादन गरेर ४० हजार आम्दानीलिन सफल भएको विगत सुनाउनुभयो । त्यसपछि उहाँले तरकारी खेति गर्न थाल्नुभएको हो । अहिले त्यही तरकारी खेतीबाट शेर्पाको जीवन नै फेरिएको छ ।
निरन्तर तरकारी खेतिगर्दै आईरहनुभएका शेर्पाले अहिले ६० रोपनी जगा गाडि घर-घडेरीघडेरि समेत जोडेको वताउनुभयो । शेर्पाका छोराछोरी पनि आजकल तरकारी खेति नै गर्नेगर्दछन् ।
अहिले तरकारी खरिदका लागि वारी मै व्यापारी आउने हुदा पहिलाको जस्तो दु:ख नरहेको उहाँको अनुभव छ । तर दोर्जि शेर्पाका छोरा लाक्पा सेर्पाले भने मुल्य स्थिरता नहुँदा किसानहरु मारमा पर्ने गरेको र सधै एकै किसीमको बजार मुल्यको व्यवस्था भएको भए किसानलाई सहजहुने बताउनुभयो ।
यस क्षेत्रमा उत्पादित बन्दाकोपि धरान, इटहरी, विराटनगर विर्तामोड हुँदै भारत सहित तेस्रो मुलुक बंगलादेश, पाकिस्तान भुटान लगाएतका देशहरुमा निर्यात हुने गरेको शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार त्यहाँका किसानहरुले अर्गानिक खेति गर्ने गरेकाछन् ।
किसानहरु सधै पालै पालो पर्म लगाएर एकआपसमा सघाउदै तरकारी रोप्ने देखि टिप्ने सम्मको काम गर्ने भएका ले खेताला नपाउने समस्या नरहेको बताउनु भयो ।


