कुरुलेतेनुपा माविमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

भाद्र २२ धनकुटा खबर । ४० औ शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा कुरुलेतेनुपा माद्यमिक विद्यालय चौविसेगाउँपालिका ३ गढीगाउँ धनकुटामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हामी सवै प्रण, सार्वजनिक शिक्षामा सवलीकरण, भन्ने नाराका साथ मावि तहका विद्यार्थीहरु वीच सदनवाईज भएको हाजिरी जवाफ प्रतियोगितामा मकालु “ए” पहिलो,सगरमाथा “ए”,दोश्रो र कञ्चनजंघा “ए” तेश्रो भएका छन् ।

त्यस्तैगरी प्रावि तर्फका छात्रहरु वीच भएको पुच्छर लुकाई खेलमा विशेष मगर र अनिष मगर प्रथम, निरज तामाङ्ग तेश्रो भएकाछन् भने छात्राहरु वीचको खेलमा मनिला राई पहिलो,युनिषा थापा दोश्रो र अञ्जना मगर तेश्रो भएको विद्यालयका शिक्षक शुक वहादुर मगरले जानकारी दिनुभयो ।

कार्यक्रम चौविसे गाउँपालिका गाउँ कार्य समिति सदस्य राधिका भण्डारीको प्रमुख आतिथ्य तथा विद्यालयका निमित्त प्रधानाध्यापक नवराज ढुंगानाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक भक्त कुमार सुव्वा, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विमला भण्डारी लगायत विद्यालयका अन्य शिक्षक,विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती थियो । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई निमित्त प्रधानाध्यापक ढुंगाना र प्रमुख अतिथि भण्डारीले कपी कलम पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भानुभक्त ढकालले राख्नुभएको थियो भने सञ्चालन कृष्ण प्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्य शिक्षक जीवनाथ घिमिरेले प्रकाश पार्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।