कृषिकर्ममा प्रविधि किन विदेशबाट मात्र आउछन् ? यस्तो छ कारण…

धनकुटा खबर । किसानको संख्या घटाउने तर कृषि उत्पादन बढाउने लक्ष्य राखेर सरकारले कृषिकर्ममा प्रविधिको प्रयोगलाई बढवा दिएको छ ।

सजिलो कृषिका लागि सरकारले विभिन्न कृषि औजार, उपकरण र प्रविधि लागतसाझेदारी, आशिंक तथा शतप्रतिशत अनुदानमा किसानलाई वितरण गर्छ । स्वदेशमै उत्पादनको संभावनालाई लत्याएर अनुदानमा बाडिने थोपा सिंचाइका पाइप, किरा र पुतली मार्ने पासो तथा बोरासम्म विदेशबाटै आयात गरिन्छ ।

गत आर्थिक बर्ष २०७५÷०७६ का लागि दुई करोड १८ लाख ९१ हजार रुपैयाँ बजेट रहेको धनकुटाको सिंधुवा स्थित तरकारी जोन कार्यालयले कुल बजेटको ६१ प्रतिशत अर्थात एक करोड ४० लाख रुपैयाँ रकम अनुदानका लागि खर्च ग¥यो । उक्त रकमबाट मिनिटिलर, प्लाष्टिक घर, थोपा सिंचाका पाइप, पुतली र किरा मार्ने पासो, विरुवा उमार्ने ट्रे, स्प्रिङकल, क्रेट सम्म बाडिए ।

यी सबै उपकरण र सामग्री भारतलगायत अन्य मुलुकबाट आयत गरिएका सामग्री नै वितरण गरिएको तरकारी जोन कार्यलयका प्रमुख देविन्द्र साहुले जानकारी दिए । उनले भने हरेकजसो किसानका खेतबारि र बगैचामा प्रयोग भएका यस्ता प्रविधि जडान देखि बिग्रदा मर्मत गर्ने जनशक्ति सम्म भारतबाटै ल्याउनु पर्ने बाध्यता छ ।

यस्ता कृषि प्रविधि स्वदेशमै उत्पादन गर्न सकिने र विदेशबाट किनिएको भन्दा ४० देखि ६० प्रतिशत सम्म सस्तो पर्ने ब्यबशायीहरु बताउँछन् । तयारी बस्तु ल्याउँदा न्यून शुल्क तोकेको सरकारले कच्चा पदार्थ आयातमा भने अश्वभाविक भन्सार शुल्क असुल्ने गरेकोले त्त्यसो हुन नसकेको नेपाल थोपा सिंचाइ प्रालि काठमाण्डौं संचालक खोजबहादुर बटुवाल बताउछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।