‘वालीनाली जोगाउन ‘अमेरिकन फौजी कीराको’ नियमित अवलोकन गरौं’

धनकुटा खबर । कृषी ज्ञान केन्द्र धनकुटाका प्रमुख सूर्य प्रसाद साप्कोटाले अमेरिकन फौजी कीराको संक्रमणवाट वालीनाली संरक्षणका लागि नियमित अवलोकन गर्न आवश्यक रहेको वताउनुभएको छ ।

मकै सहित जुनेलो, धान, गहुँ, कोदो जस्ता अन्य ८० प्रकारका वालीनालीमा वढी नोक्सानी पुर्याउने यो किराको संक्रमणवाट वालीनाली जोगाउन वाली लगाएको वारीमा नियमित अवलोकन गर्न सके केही शर्तक रहन सहयोग पुग्ने उहाँले वताउनुभयो । यसरी अवलोकन गर्दा कृषकहरुले वाली लगाएको स्थानको छेउवाट मात्र हेर्ने नभई अंग्रेजी अक्षर (W) आकारमा हिडेर अवलोकन गर्नुपर्ने प्रमुख साप्कोटाको सुझाव छ ।

निमित अवलोकनले वालीमा यो किराको संक्रमण शूरु भएको छ की छैन भन्ने कुरा किसानहरुले थाहपाई शर्तक रहन मद्दत पुग्ने उहाँले वताउनुभएको छ ।

यदी यो किराले संक्रमण गरेको शूरुको अवस्था भए सो किराले पारेको अण्डा वा लार्भाहरु टिपेर नष्ट गर्ने, फिनेल ट्राप राख्ने, प्रति हेक्टर १ लाखको दरले वारुलाहरु छाड्न तथा मित्रुजीवि चराहरु छाड्न सके र नीम वाट वनेका औषधीहरु लगाएरसावधानी अपनाउन सकिने उहाँले वताउनुभयो ।

नीमवाट वनेको औषधी प्रयोग गर्दा ३ देखी ५ (ML) प्रतिलिटर पानीमा घोलेर १० देखी १२ दिनको फरकमा स्प्रे गर्न सकिने उहाँको सुझाव छ । तर यदी संक्रमण वढी भईसकेको अवस्था भए रसायनिक औषधि ईमामेट्रीन व्यञ्जोईट आधाग्राम प्रतिलिटर पानीमा घोलेर किराको संक्रमणको अवस्था हेरी १० दिनको फरकमा दुई पटक लगाउन सकिने र स्पीनोस्याड एक (ML) तीन लिटर पानीमा मिसाएर पनि प्रयोग गर्न सकिने उहाँले जानकारी गराउनुभएको छ ।

उहाँका अनुसार पछिल्लो समय धनकुटाको छिन्ताङ साप्तिङटार, वोधे, तेलिया, वेलाहारा वेंशी लगायत तेह्रथुमको मेन्छ्याम र म्याग्लुङ गाउँपालिकाको वेंशी भेगमा यो किराको संक्रमण देखिएको छ । असाध्यै छिटो फैलिने यो किराको प्रकोप खासगरी २० देखी ३० डिग्री सेन्टिग्रेट तापक्रम भएको सुख्खाग्रस्त क्षेत्रमा वढी मात्रामा देखीएको प्रमुख साप्कोटाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।