पोर्चुगलको जितमा रोनाल्डो को ४ गोल !
एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई पाँच एकको फराकीलो गोल अन्तरले हराएको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे । प्रतियोगितामा पोर्चुगलको यो लगातार दोस्रो जित हो । एकतर्फी बनेको खेलको सातौं मिनेटमा नै रोनाल्डोले टिमका लागि पहिलो गोल गरे ।
२८ औं मिनेटमा लिथुवानियाले एक गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ६१ औं मिनेटमा,६५, र ७६ औं मिनेटमा लगातार रोनाल्डोले गोल गरेपछि खेलमा पोर्चुगलले चार एकको अग्रता बनायो । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा विलियन कारभाल्होले गोल गर्दै पोर्चुगललाई पाँच एकको जित दिलाए । यो जितपछि पोर्चुगलको समुह बी मा चार खेलबाट ८ अंक भएको छ ।
यस्तै, समूह एच अन्तर्गत फ्रान्सले एन्डोरालाई तीन शून्यले हरायो । पाँचौ खेलमा जित निकाल्ने क्रममा फ्रान्सले एन्डोरा विरुद्ध सहज जित हात पार्यो । खेलको १८ औं मिनेटमा कोमनको गोलमा अग्रता बनाएको फ्रान्सले ५२ औं मिनेटमा लेंगेटको गोलमा दोब्बर बनायो । त्यसपछि इन्जुरी समयमा बेन येडेरले गोल गर्दै फ्रान्सलाई तीन शून्यको जित दिलाए । यो जितपछि फ्रान्सको समुहमा पाँच् खेलमा १५ अंक भएको छ ।


