भीरगाउँको स्कुलमा टि’न्स क्लव गठन

धनकुटा खबर । लागु पदार्थ दूव्र्यशन, छुवाछुत सम्वन्धि विकृती तथा महिला एवम् वालवालिका हिं साविरुद्ध आवाज वुलन्द गर्ने लक्ष्यका साथ धनकुटा नगरपालिका २ भीरगाउँको श्रीमान र्टक माद्यमिक विद्यालयमा टिन्स क्लव गठन गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्मामाका अनुसार १ नं प्रदेश कै कार्यक्रम अन्र्तगत कक्ष ९ देखी १२ सम्मका छात्रछात्रा सम्मिलित १५ सदस्यीय क्लव गठन गरिएको हो । विद्यालयमा आयोजीत एक कार्यक्रमको वीच गठीत उक्त क्लवको अध्यक्षमा कक्षा १० की छात्रा कल्पना वि क, उपाध्यक्षमा कक्षा १२ का छात्र सन्देश ढुंगेल र र कक्षा ९ की छात्रा जमुना मगर,सचिव कक्षा १० का छात्र उज्वल गुरागाई र कोषाध्यक्षमा कक्षा ११ की यशोदा राई रहेकाछन् ।

अन्य सदस्यहरुमा निर्मला दाहाल कक्ष ९, समिक्षा राई कक्षा १२, केदार वस्नेत कक्षा ११,कपिल विष्ट कक्षा १०,जस्लिना तामाङ कक्षा १०,सिर्जना राई कक्षा १०,अनुष्का राई कक्षा ९,सर्मिला राई कक्षा ९, करुण थापा कक्षा ९ र वुद्धिमान राई कक्षा ९ रहेका छन् ।

त्यस्तैगरी विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यन्वयन समिति पनि गठन गरिएको छ । यो समितिको सदस्यहरुमा लक्ष्मी गुरागाई (जेन्डर फोकल पर्सन) निर्मला दाहाल (क्लव सदस्य),करुण थापा (क्लव सदस्य),राजेन्द्र प्रसाद गुरागाई (अभिभावक), नारायण प्रसाद गुरागाई (शिक्षक) रहनुभएको छ भने सदस्य सचिवमा सरोज दाहाल (शि. नायक) रहनुभएको विद्यालयले जनाएको छ ।

क्लव गठनको क्रममा प्रधानाध्यापक विश्वकर्माले यस्ता क्वलहरुले वालवालिकाहरुमा सामूहिक भावनाको विकास गराउन,विद्यार्थीहरुलाई सक्षम,सवल,सामाजिक र उत्तरदायी वनाउन सहयोग पुर्याउने हुँदा विद्यालयमा यस्ता क्लव गठन गर्नु आवश्यक रहेको वताउनुभयो । कार्यक्रमको महत्व शिक्षक नायक सरोज दाहालले प्रकाश पार्नुभएको थियो भने सह-प्रधानाध्यापक पुष्कर गुरागाईले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

क्लवको तर्फवाट वोल्दै क्लवका अध्यक्ष वि क ले प्रदेश १ को अभियान सफल वनाउन आफुहरु लागी पर्ने वताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक पंचमाया तामाङले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।