हात हालेर मुम्बइबाट नेपाल फर्किए कृष्ण -रुपा

काठमाडौं ।  हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला मुम्बईमा हात हालेर कृष्णवली नेपाल फर्किएका छन् ।

खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचार को शिलशिलामा मुम्बईमा पुगेका, उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका थिए ।उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका थिए । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका कृष्ण रुपा भर्खरै मात्र नेपाल फर्किएका हुन् ।

कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले घुमिरहेका छन्अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् ।

अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् ।शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।