दशैं नजिकिएसंगै लसुनको मूल्य आकासीयो
धनकुटा खबर । दशै नजिकिए संगै मसलाको रुपमा प्रयोग गरिने लसुनको मूल्य आकासीएको छ ।
दशैको समयमा बढी प्रयोग हुने लसुनको मूल्य बढे संगै किसान लाई रातह भएको छ भने उपभोतmा महँगो मूल्य तिर्न बाध्य भएका छन् । कुनै समय ३० देखि ४० रुपैया प्रतिकिलो सम्ममा कारोबार हुने लसुन अहिले २५० देखि ३ सय सम्म मूल्य पुगेको व्यावसायी हर्क लिम्बु बताउछन् ।
मसला बालिको बजार मूल्य हरेक बर्ष धेरै नै अन्तर देखिने गरेको छ कहिले मूल्य असाध्य बढ्छ भने कहिले किसान र व्यापारीको लगानी नै उठ्दैन । कुनै समय छथरजोरपाटी गाउँपालिकाका कृषक अजुर्नबहादुर लिम्बुले भने कुनै समय लसुन खेतिले रुवाएको थियो तर अहिले भने यसका सोचे भन्दा राम्रो मूल्य पाएको बताए ।
उनले कुनै बर्ष मसला बालि खेति लसुन अदुवाले सारै नोक्सान गरेको थियो अहिले दशै सम्म राम्रो मूल्य पाउछ भन्ने आस छ । धनकुटामा लसुन करिब ५५ हेक्टर क्षेत्रमा खेति हुने गरेको छ भने उत्पादन करिब ३ सय ७० मेट्रिटन हुने गरेको तथ्याङ्गक रहेको छ ।


