यस्तो छ आजको मौसम : बिहानैदेखि देशभर बदली, कतै हल्का कतै भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ २७ । आज (शुक्रबार) बिहानैदेखि देशभर मौसम बदली भएको मौसमविदले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पूर्व र पश्चिका केही स्थानमा वर्षासमेत भइरहेको छ।
‘अहिले पश्चिम पोखरा आसपास र पूर्व झापा, इलामलगायत क्षेत्रमा पानी परिरहेको हुनुपर्छ,’ नेपालखबरसँग उनले भने।
काठमाडौं उपत्यकामा पनि अहिले मौसमी पूरै बदली भएको छ। ‘काठमाडौंमा पनि वर्षाको सम्भावना छ,’ उनले भने।
महाशाखाका अनुसार आज दिउँसो मध्य र पूर्वका केही तथा पश्चिका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि देशका केही स्थानमा पानी पर्ने सम्भावना छ। साथै देशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


