सिधुवाको सगरमाथा वोर्डिङ स्कूलमा जुनियर रेडक्रस सर्कल गठन
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिधुवाको सगरमाथा वोर्डिङ स्कूलमा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।
आज विद्यालयमा भएको एक कार्यक्रमको वीच गठीत जुनियर रेडक्रश सर्कलको सभापतिमा आभाष तितुङ, उपसभापतिमा प्रकृती कार्की,सचिवमा निमा शेर्पा,सह-सचिवमा सुस्मिता भट्राई, कोषाध्यक्षमा आर्य काफ्ले र सह-कोषाध्यक्षमा पासाङ शेर्पा रहेकाछन् ।
सर्कलको अन्य सदस्यहरुमा श्रद्धा तिम्सिना, अनिस अधिकारी, मिरा शेर्पा, दिपक श्रेष्ठ, र अर्जुन लिम्वु रहेको नेपाल रेडक्रस शोसाईटी सिधुवा उप-शाखाका सचिव सुन्दरमान डङगोलले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी सिधुवा उप-शाखाका सभापति नील वहादुर थापा विद्यालयका प्र.अ संरक्षक दिवेश खड्का शिक्षक नायक ओमप्रकाश तितुङ लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन शिक्षक पुष्पराज ओझाले गर्नुभएको थियो ।


