महाशाखाले गो’ली हा’नेका साजनको एक्सक्लुसिभ फोटो: भीमफेदी का’रागारका पूर्व चौकीदार, बाहिर बसेरै जे’लभित्र असुली
काठमाडौँ- महानगरीय प्रहरी अ’पराध महाशाखाको टोलीले चर्चित गु’न्डा नाइके समिरमान सिंह बस्नेतका पूर्व सहयोगी साजन गुरुङलाई गो’ली हा’नी नि’यन्त्रणमा लिएको छ। काठमाडौंको गोलढुंगामा गुरुङ भाग्न खोज्दा गो’ली हानी नि’यन्त्रणमा लिएको महाशाखाका एक अधिकारीले जानकारी दिए।
धादिङका ३३ वर्षीय गुरुङ भीमफेदी का’रागारमा दुई वर्ष चौकीदार (कै’दीबन्दीको प्रमुख)भएर गत वर्षको असारमा छुटेका थिए। कर्तव्य ज्यान मु’द्धामा जिल्लाबाट कै’द स’जाय पाएका गुरुङ पछि पुनरावेदन अदालतबाट सफाई पाएर छुटेका थिए। उनीविरु’द्धोको मु’द्धा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
‘उनले अहिले पनि भीमफेदी का’रागार भित्र चौकीदारलाई थर्काएर मासिक रकम लिने गरेको बुझिएको छ’, एक अधिकारीले भने। समिरमान सिंह बस्नेत र कुमार घैटैँ सँगै भएका बेला साजन समूहको महत्वपुर्ण सदस्य रहेको बताइएको छ।
त्यतिबेला उनिसहितको समूह वर्तमान प्रहरी प्रमुख तथा तत्कालिन महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसहितका प्रहरी अधिकारीलाई ज्या’न मा’र्ने ध’म्की दिँदै हिँड्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।-देश सन्चारबाट


