पितृहरुको सम्झनामा श्रद्धापूर्वक तर्पण, पिण्ड र दान गर्दै आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौ,भदौ २८ । आजबाट सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ । यस अवधिभर पूर्वजहरुको शान्ति र उनीहरुको तृप्तिका लागि पूजापाठ गरिन्छ ।

‘पितृहरुको सम्झनामा श्रद्धापूर्वक तर्पण, पिण्ड र दान गर्ने लगायतका काम गरिने भएकाले त्यसलाई ‘श्राद्ध’ भनिएको हो । धर्मशास्त्रका जानकार अनुसार ‘यसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ ।’जुन व्यक्तिको जुन तिथिमा मृ’त्यु भयो, त्यही तिथिमा श्राद्ध गरिन्छ ।

हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् । त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् ।

असोज महिना पितृहरुको पर्व नै मानिन्छ । पूजापाठ, दान, तर्पण, संकल्प आदिबाट खुसी भएर उनीहरुले हामीलाई आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता छ । श्राद्धको पितृहरुसँग निकै घनिष्ठ सम्बन्ध हुन्छ । पितृहरुसम्म आहार पुर्‍याउने र आफ्नो श्रद्धा व्यक्त गर्ने एकमात्र विधि श्राद्ध रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

‘श्राद्धमा गरिने तर्पण, पिण्ड दान, संकल्प आदि भावात्मक रुपमा पितृ लोकमा पुग्छ भन्ने धार्मिक विश्वास छ। श्राद्धको महत्वबारे कयौं प्राचीन ग्रन्थ तथा पुराणहरुमा पनि वर्णन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।