जनउत्थान सहकारी धनकुटामा पुन: दिनेश
धनकुटा खबर, २८ भदौ । जनउत्थान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड धनकुटाको बाह्रौ बार्षिक साधारण सभाले दिनेश राईको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो ।
आज भएको साधारण सभामा एक पदका लागि एक एक जनाको मात्र उमेद्धवारी परेकोले सबै पदाधीकारी र सदस्य सर्वसहमतीले निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । संस्थाको उपाध्यक्षमा निलबहादुर थापा, सचिबमा रिद्ध थापा, कोषध्यक्षमा साबित्रिदेवि श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा जोशना श्रेष्ठ, उषा श्रेष्ठ, रेजिना शाक्य, शिखर श्रेष्ठ, सौगात श्रेष्ठ, निरोज श्रेष्ठ, उर्गेन श्रेष्ठ र नरेश श्रेष्ठ चयन भएका छन् । त्यस्तै ऋण समितीमा दिपेन श्रेष्ठ, मोहन घिमिरे, राजु प्रधान निर्वाचित भएका छन् त्यस्तै लेखा समितीमा लतास श्रेष्ठ, धनबहादुर खड्का र मिलन खड्गी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।


