के भयो त्यस्तो ? खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अ’स्पताल भर्ना भएकी छिन् ।भैंसेपाटीस्थित मेडीसीटी अ’स्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् ।

इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अ’स्पताल पुगेका हुन् ।अ’स्पताल स्रोतका अनुसार मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य छ । उता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कुटनीतिक सम्बन्धको लाइनलाई विस्तारमा व्याख्या गरेका छन् ।

इलाममा प्रशिक्षण दिनका लागि पुगेका उनले शनिबार बिहान पत्रकारसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले शक्ति राष्ट्रहरूले अघि सारेका कुनै पनि सैन्य तालिममा नेपालको सहभागीता नहुने खुलाए ।‘हाम्रो विदेश नीति बडो प्रस्ट छ । असंलग्न, स्वतन्त्र नेपालको विदेश नीतिको आधार, सिद्धान्त र मान्यता हो । त्यसबाट नेपाल कहिं कतै विचलित छैन, हुँदैन’, उनी भन्छन्,‘हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । राष्ट्रको स्वतन्त्रतालाई केन्द्रमा राखेर असंलग्न रहन्छौं र हाम्रो परराष्ट्र नीति स्वतन्त्र रहन्छ ।’

नेपाललाई चीन, अमेरिका र भारतले तीनतिरबाट विश्वमा आफूनिकट देखाउन खोजेको सन्दर्भलाई प्रचण्डको विचारले चिरेको छ । नेकपाको विदेशनीतिबारे प्रस्ट रहेका उनी भन्छन्,‘बिमस्टेक सन्दर्भको सैन्य अभ्यासको कुरा होस् वो इन्डो प्यासेफिक अन्तर्गत कुनै सैन्य गठबन्धनको कुरा होस्, हामी त्यसमा संलग्न हुन सक्दैनौं ।’मुलुकको हित विगार्ने कुटनीतिक अभ्यासमा नेपाल सरकारको सहभागीता नहुने जनाएका उनी थप्छन्,‘कुनै पनि सैन्य अभ्यास, गठबन्धन वा रणनीतिक उद्देश्यसहितको हाम्रो राष्ट्रलाई असर गर्ने काममा संलग्न छैनौं, हुँदैनौं ।’

हरेक मुलुकसँग कुटनीतिक सम्बन्ध र व्यवाहार नै प्रस्ट हिसाबले राखेका प्रचण्ड हालै नेपालमा भएको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएको छलफललाई स्मरण गर्दै थप्छन्,‘चिनियाँ विदेशमन्त्री आउँदा प्रधानमन्त्रीजी, मैले र परराष्ट्रमन्त्रीजीले भनेको कुरा त्यही नै हो । हामी कुनै खाले सैन्य गठबन्धनमा जाँदैनौं, सामेल हुँदैनौं । योे प्रस्ट होस् भन्ने चाहन्छु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।