सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको नाममा लाखौं ठ’गी ! लाखौं ठ’गेर फ’रार भनिएका आशिष काफ्ले ग्रिसबाट लाइभ, मलेसियाको जे’लबाट छोरा फर्किए ! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको नाममा लाखौं ठ’गी !

काठमाडौं । विराटनगरका आशिष काफ्लेले बैदेशिक रोजगारीका लागि युरोप लागिदिने भन्दै १२ जना युवाहरुसँग ७० लाख रुपैयाँ उठाएर फ’रार भएका बिषयलाई यसअघिको कार्यक्रममा देखाएका थियौं । अहिले भने आशिष काफ्ले हाम्रो सम्पर्कमा आएका छन् । उनी मात्रै होइनन्, उनीबाट विदेश जाने सपनामा ठ’गिएका अन्य व्यक्ति पनि हाम्रो कार्यालयमा आएका छन् । ग्रिसमा रहेका काफ्लेले नेपालमा विभिन्न एजेन्टहरु बनाई फोन र सामाजिक सञ्जालबाट युरोपका देशहरु पोर्चुगल, जर्मनी, सिंगापुर, साइप्रस, ग्रिस लगाएतका देशमा पठाइदिने भन्दै आफन्त तथा एजेन्टहरुको खातामा पैसा जम्मा गर्न लगाएका छन् ।

२. प्राधिकरणका कर्मचारीले सेवाग्राहीसँग क्षमा माग्दै घु’स रकम फिर्ता गरे

झापा । नेपाल विद्युत प्राधिकरण झापास्थित अनारमनी वितरण केन्द्रका कर्मचारी दाताराम घिमिरेले सेवाग्राहीको मिटर जडान गर्ने वहानामा लिएको घु’स रकम फिर्ता गरेका छन् । गत कार्याक्रममा सेवाग्राही कृष्ण अग्रवालको घरमा मिटर जडान गर्नका लागि उनले १२ हजार ६ सय १४ रुपैयाँ घु’स लिएका देखाएका थियौं । वितरण केन्द्रको चुहावट तथा अनियमितता नियन्त्रण प्रमुख समेत रहेको दातारामले २० हजारबाट बार्गेनिङ गर्दै १५ हजारमा सहमत भएका थिए ।

३. क्रुजमा काम लगाईदिने भन्दै करोडौं उठाएर सञ्चालक फ’रार !

काठमाडौं । काठमाडौंमा रहेको एप्रेन्टिस फर्म नामक कन्सल्टेन्सीका सञ्चालकहरुले क्रुजको कामका लागि विदेश पठाईदिने भन्दै करोडौं उठाएर फ’रार भएको भन्दै पीडितहरु हाम्रो कार्यालय आएका छन् । पानी जहाजहरुमा काम लगाउने भन्दै भारत लगेर ट्रेनिङसमेत दिएको थियो, तर २८ माहिना बढी भइसक्यो न काम हुन्छ, न त पैसा नै फिर्ता हुन्छ । चर्काे व्याजमा लिएको पैसाको ब्याजनै पी’डितहरुले एक लाख तिरिसके । न त उनीहरुलाई काम दिलाउने कुरा हुन्छ न त पैसा फिर्ता दिनेनै कुरा हुन्छ ।

४. आमा बुवाको सहारा बन्न मलेसियाको जे’लबाट आए छोरा !

काठमाडौं । हामीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ साङ्बारीकी ६१ बर्षीया कुमारी गुरुङको पीडा कार्यक्रममा देखाएका थियौं । राजेगारीको खोजीमा मलेसिया गएका कुमारी गुरुङका जेठा छोराले भाईलाई पनि मलेसिया नै बोलाए । ११ बर्ष अघि मलेसिया पुगेका रामबहादुर गुरुङ र उनका भाई नेत्रबहादुर गुरुङले मिलेर आमा बुबालाई पैसा पठाउँथे । तर, त्यसै बेला कान्छा भाई रामकहादुर गुरुङको मलेसियामै मृ,त्यु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।