संस्कृति मन्त्रीलाई संस्कार सिकाए यात्रुले ! प्लेनमा एक घण्टा कुराउने मन्त्री योगेश भट्टराईलाई यसरी झपारे यात्रुले, मन्त्री निरुत्तर [भिडियोसहित]

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आलोचनाको शिकार भएका छन्।

नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि यात्रुहरु आक्रोशित भएका हुन् ।

मन्त्री भट्टराईले ढिला गर्दा काठमाडौं जान नपाएका यात्रुले मन्त्री भट्टराई जहाजमा चढ्ना साथ क्लास लिएका हुन् । उनीहरुले संस्कृति मन्त्रीलाई संस्कार समेत सिकाएका छन्।

पटक पटक भीआईपी सवारी र भीआईपीका नाममा जहाज ढिला उडाउने लगायत हवाइ मार्गमा समेत हैरानी बेहोरेर आजित भएका यात्रुले अहिलेसम्मको सबै झोंक मन्त्री भट्टराईको क्लास लिएर पूरा गरेका हुन् ।

बुद्ध एयरले थुप्रै यात्रुको भावनामाथि खेलेर एक जना मन्त्रीका लागि उडानमा ढिलाई गर्दा भने बुद्ध एयरको दायित्वमाथिसमेत प्रश्नचिन्ह खडा भएको छ ।

बुद्ध एयरले पहिलेदेखि नै यात्रुमाथि खेलबाड गरेका घटना सार्वजनिक हुँदै आएका छन् । गुनासो बढ्दै जाँदा यात्रुहरुले यसपटक मन्त्री भट्टराईको क्लास लिएर सर्वसाधारणको सम्मान गर्नसमेत सरकार र सेवा प्रदायक निकायलाई सचेत गराइएको छ ।

पीडितहरुले यसको जवाफ खोज्दा मन्त्री भट्टराई निरुत्तर भए । उनीहरुले यसको जवाफ नपाएसम्म सामाजिक संजालमा बहस चलाइरहने बताएका छन् ।

मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।-हाम्राकुरा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।