मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति क्षमाप्राथी छु :मन्त्री याेगेश भट्टराई
काठमान्डौ । पर्यटन मन्त्री याेगेश भट्टराई भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै नेपालगञ्जमा नारा जुलुस गरिएको छ। बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे। जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएका थिए ।
मन्त्रीकै कारण आफु हरु १ घण्टा कुर्नु परेको भन्दै भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाही ले केहि भिडियो हरु सामाजिक संजाल मा सार्बजनिक समेत गरेका छन् । यता मन्त्रि भट्टराई ले भने भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको जवाफ दिनु पर्ने भएको ले आफु काठमाडौँ फर्कनु पर्ने बाध्यात्मक परिस्थितिले केहि ढिला भएको बताएका छन् ।
मन्त्रि भट्टराई भन्छन-आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए ।
नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।


