वालदिवसको अवसरमा टंक माविमा प्रतियोगितात्मक कार्यक्रम

धनकुटा खबर, भाद्र २९ । ४० औ राष्ट्रिय वालदिवसको अवसरमा धनकुटा नगरपालिका २ भीर गाउँ स्थितको टंक माविमा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

विद्यालयको सगरमाथा टिन्स क्लवद्धारा आयोजित माद्यमिक तह तर्फको वक्तृत्वकला प्रतियोगितामा कक्षा १० का विद्यार्थी सरोज तामाङ पहिलो,कक्षा ९ का करुण थापा दोश्रो र कक्षा १० का सुन्दर दाहाल तेश्रो भएकाछन् ।

त्यस्तैगरी मधुगंगा क्लवद्धारा आयोजित कक्षा १ देखी ३ सम्मका विद्यार्थी वीच भएको तातो आलु खेलमा सुस्मिता तामाङ कक्षा २ प्रथम, आशिष भूजेल कक्षा १ द्धितीय, र आदित्य राउत कक्षा ३ तृतीय भएकाछन् । भने कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरुवीच भएको वक्तृत्वकला प्रतियोगितामा मूना गुरागाई कक्षा ६ पहिलो,पवित्रा भूजेल कक्षा ८ दोश्रो र ईन्दिरा भण्डारी कक्षा ८ तेश्रो भएको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।

त्यस्तै कक्षा ४ र ५ को हिसाव दौड प्रतियोगितामा कक्षा ५ स्वस्तीका गुरागाई प्रथम,अनमोल तामाङ दोश्रो र दिवस दाहाल तेश्रो भएकाछन् । २ नं वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सगरमाथा टिन्स क्लवका सचिव उज्वल गुरागाई र वाल क्लव सचिव करुण थापाले गरेका थिए ।

सहजीकरण शिक्षक नायक सरोज दाहालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक पुष्कर गुरागाई, हुसाडेक नेपाल ९एनईजीआरपी० का कार्यक्रम अधिकृत गोकुल घिमिरे, स्वास्थ्य चौकी प्रमुख सहित विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिाीधिहरुको उपस्थिती थियो । कार्यक्रममा प्रमुख अतिथि २ नं वडाध्यक्ष तामाङ ,प्रधानाध्यापक विश्वकर्मा लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।