११ पढ्न आएका विद्यार्थीहरुलाई हिले माविमा भब्य स्वागत
धनकुटा खबर, भाद्र २९ । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका कक्षा ११ मा अध्धयन गर्न आएका विद्यार्थीहरुको भब्य स्वागत गरिएको छ ।
सोही विद्यालयका कक्षा १२ का विद्यार्थीहरुले आज स्वागत कार्यक्रमको आयोजना गरि २०७६ सालमा एसईई उतीर्ण गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
१ नं वडाध्यक्ष निरेन तामाङ प्रमुख आतिथ्य तथा कक्षा १२ की विद्यार्थी अप्सरा तामाङको अध्यक्षतामा भएका कार्यक्रममा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई फुल तथा अवीरको लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा १ नं वडाध्यक्ष तामाङले शिक्षा जीवनको लागि महत्वपूर्ण रहेको भन्दै राजनीति,चिकित्सक, पाईलट, ईञ्जिनियर तथा बैंकर्स जुनसुकै क्षेत्रमा जानका लागि पनि शिक्षा नै आवश्यक पर्ने भएकोले मेहनत गरी अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत विद्यालयका शिक्षक दिपक घिमिरेले राख्नुभएको थियो भने सञ्चालन कक्षा १२ का विद्यार्थीद्धय रेवत श्रेष्ठ र अनिता खड्काले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्य, क्याम्पस प्रमुख तारानाथ मिश्र सहित शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती थियो ।


