मोदीको जन्मदिनमा विश्वकै कीर्तिमानी केक काटिँदै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र जन्मदिनमा सात हजार किलोको सात सय फिट लामो केक काटिने भएको छ । उक्त केकले विश्व कीर्तिमान नै राख्ने दावी गरिएको छ ।

मंगलबार १७ सेप्टेम्बरमा नरेन्द्र मोदी ६९ वर्षमा हुँदैछन् । भारतको सुरतका ब्रेडलाइनर बेकरीका मालिक नितिन पटेलले उक्त केक काटेर प्रधानमन्त्रीको जन्मदिन मनाउने बताएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार सुरतको सरसाना कन्क्वेशन सेन्टरमा सहरका ७०० इमानदार मानिसलाई राखेर केक काटिने छ ।

उक्त केक काट्नुको उद्धेश्य भ्रष्टाचारको विरुद्ध जागरुकता ल्याउनु रहेको छ । ब्रेडलाइनरले हरेक वर्ष मोदीको जन्मदिनमा ठूलो केक काटेर गरीव बच्चाबच्चीलाई बाँड्दै आएको छ ।

त्यसैगरी अतुल बेकरीले पनि आदिवासी इलाकाका ३७० स्कुलका कुपोषण पीडित १२ हजार बालबालिकालाई भोजनको प्याकेट वितरण गर्ने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।