धनकुटामा ‘कुलवोट’ प्रविधिको विकास गर्दै कृषि वैज्ञानिक

धनकुटा खबर । धनकुटाको पारिपात्लेमा रहेको सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपाल्लेका बैज्ञानिकहरु सुन्तला, कागती जस्ता अमिला जातका फलफुललाई किसान आफैंले भण्डारण गर्न मिल्ने खालको कुलवोट अर्थात चिस्यान भण्डारण प्रविधिको विकास गर्न कृषि वैज्ञानिकहरु जुटेका छन् ।

रैथाने जातका सुन्तला र तराइमा फल्ने कागतीलाई सिजनको बेला भण्डार गरि अफसिजनमा निकाल्न मिल्ने गरि चिस्यान भण्डार ‘कुलवोट’ प्रविधिको अनुसन्धान भइरहेको राष्ट्रिय सुन्तलाजात कार्यक्रम पारिपात्लेका वरिष्ठ वैज्ञानिक डा. उमेशकुमार आचार्यले बताए । यदि यो प्रविधिको परिक्षण सफल भए मध्यमस्तरका किसान लाभान्वित उनले बताए ।

अहिले उनैको नेतृत्वमा पारिपात्ले परिसरमा अहिले यो प्रविधिको अध्ययन भइरहेको छ । साधारण एसीले १६ डिग्रीसम्म चिस्यान बनाउँछन् । भने कुलवोट प्रविधि जडान पछि तापक्रमलाई शुन्य डिग्री सम्म नियन्त्रण गरिदिन्छ ।

यो प्रविधिले कति तामक्रम आवश्यक पर्ने हो । त्यति नै बनाइदिन्ने भएकोले यसको विकास आवश्यक भएको बैज्ञानिकको भनाई छ । कुलवोट प्रविधिको सफल भएमा तीन देखि चार महिना सम्म स्वाद, आकार र गुणस्तर नविग्रिने गरि भण्डारण गर्न मिल्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।