संविधान दिवसमा धनकुटाको पाख्रीबास ४ मा गरियो यस्ता काम…
धनकुटा खबर । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ४ ले खेलाडिहरुलाई जर्सी वितरण गरेकाे छ । संविधान दिवसकाे अवसर पारेर वडाले फुटवल सिनियर टिम र अण्डर सिक्सटिन टिमलाई जर्सी वितरण गरेकाे हाे ।
खेलाडिहरुलाई खेल प्रति थप प्रेरणा प्रदान गर्न जर्सी प्रदान गरिएकाे वडाले जनाएकाे छ । त्यस्तैगरी कल्की, लालिगुराँस, तेजपात जातका करिव ४ सय वोट विरुवाहरु पनि ७ मिटर चाैडा भएकाे जाल्पादेवि – साप्काेटा टाेल सडक किनारमा रोपीएको ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

सडकलाई पहिराेकाे जाेखिमवाट जाेगाउन र नगरमा पर्यटक अाकर्षणका लागि सडक किनारमा फुलका विरुवाहरु राेपीएकाे हाे । वृक्ष राेपण कार्यलाई अझ निरन्तरता दिईने वडाध्यक्ष निराैलाले वताउनुभएकाे छ ।
त्यस्तैगरि वडाले अाजैवाट किसानहरुलाई तरकारी तथा मसला जन्य चिजको वीउ पनि दिन शूरु गरेको छ । कृषकहरुलाई केराउ,गाँजर,ध्यू सिमि, धनिया लगायतको वीउ वाड्न शूरु गरेको हो । वडाकाे अनुसार ७ मिटर चाैडा सडक किनारमा २ लाख लगत वरावरकाे वृक्ष राेपण गरिनेछ भने १ लाख वरावर लगतकाे तरकारी र मसला जन्य वस्तुकाे बीउ वितरण गरिने छ ।




