चाडपर्व लक्षित गर्दै धनकुटाको चौविसेमा बाटो सफाई
असोज ४, धनकुटा खबर । नेपालीहरुको विशेष पर्व वडा दशै तथा शूभ दिपावलीलाई लक्षित गर्दै धनकुटाको चौविसे गाउँपालिका ४ जुगेनी कुरुले तेनुपा हुँदै सुरुङ्गी नवजागृत युवा क्लव भवन सम्मको वाटो आज सरसफाई गरिएको छ ।
सुरुङ्गी नवजागृत युवा क्लव र त्यहाँका स्थानियको संयुक्त पहलमा करिव ३ किलो मिटरको वाटो सरसफाई गरिएको क्लवका प्रमुख सल्लाहकार शुक वहादुर मगरले जानकारी दिनुभयो ।
वाटो सरसफाईपछि त्यहाँका स्थानिय उपभोक्ता र क्लवका पदाधिकारीहरुले एकअर्का वीच दशै तिहारको शूभकामना आदान प्रदान पनि गरेकाछन् । २०६४ सालमा गठित नवजागृत युवा क्लवले विभिन्न सामाजिक तथा साँस्कृतिक कामहरु गर्दै आएको छ ।


