भारतीयसँग विवाह गरेका नेपाली चेलीले भारतमा हुने निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौ । नेपाल र भारतका नागरिकबीच सदियौंदेखि वैवाहिक सम्बन्ध गासिँदै आएको छ । त्यसैले नेपाल र भारतबीच ‘रोटी बेटीको सम्बन्ध भनिँदै आएको छ ।

तराई–मधेसमा यस्तो सम्बन्ध बढी रहे पनि सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा पनि प्रशस्त रुपमा यस्तो सम्बन्ध भएको पाइन्छ । हाल वैवाहिक अंगीकृत नागरिकताबारे राजनीतिक दलहरुबीच विवाद देखिएको छ । ‘रोटी बेटीको सम्बन्ध’ भन्दै कतिपयले वैवाहिक अंगीकृत नागरिकता वितरणलाई खुकुलो बनाउन दबाब दिइरहेका छन् । तर भारतमा भने भारतीयसँग विवाह गरेका नेपाली चेलीलाई मताधिकार तथा निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गरिएको तथ्य हालै प्रकाशमा आएको छ ।

विवाहका आधारमा मात्र नेपाली चेलीले भारतमा हुने निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न नपाउने गरी निर्वाचन आयोगले फैसला गरेको भारतको अखबार ‘हिन्दुस्तान दैनिकमा उल्लेख छ । उत्तराखण्डको पिथौरागढ जिल्लामा भारतीयसँग विवाह गरेकी एक नेपाली चेलीले गाउँ पञ्चालत निर्वाचनमा उम्मेदवार हुन चाहेपछि विवाद बढेको थियो । सोही विवादमा निर्वाचन आयोगले फैसला गर्दै नागरिकताविना निर्वाचनमा भाग लिन नपाउने फैसला गरेको हो ।

महिलाको नाम मतदाता नामावलीमा रहे पनि उनलाई मताधिकार र उम्मेदवार हुनबाट वञ्चित गरिएको हो । निर्वाचन आयोगले भारतीय नागरिकता नभएका तथा विवाहको आधारमा मतदाता नामावलीमा सूचीकृत भएका त्यस्ता सबै महिलाको नाम सूचीबाट हटाउन पनि निर्देशन दिएको छ । भारतीय पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले भारतको अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।