चाड पर्व नजिकिएसँगै धनकुटा हा’त्तिखर्कस्थित शारदा मावि परिसर स’फाई
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ हात्तीखर्क वोझेनी स्थितको श्री शारदा माद्यामिक विद्यालय परिसरमा आज सरसफाई गरिएको छ । नेपालीहरुको विशेष चाड दशै, तिहार तथा छठ पर्व को आगमनको अवसरमा विद्यालयमा गठित सगरमाथा टिन्स क्लवको सक्रियतामा विद्यालय परिषर र वरिपरिका वाटो सरसफाई गरिएको हो ।
साथै विद्यालयका शिक्षक विद्यार्थी वीच दशै, तिहार तथा छठ पर्व को शूभकामना आदान प्रदान पनि गरिएको विद्यालयका शिक्षक तथा क्लवका शिक्षक नायक कमला नेपालले जानकारी दिनुभयो । उल्लेखित कार्य सगरमाथा टिन्स क्लवको पहिलो वैठकले गरेको निर्णय अनुसार गरिएको हो ।




