धनकुटाको छथरजोरपाटी गापा र महालक्ष्मी नगरमा वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम

धनकुटा खबर । नेपाल बंगलादेश बैक सिधुवा शाखाको आयोजना तथा नेश्नल बैंक ईन्ष्टिच्यूट काठमाण्डौको सहकार्यमा धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको विभिन्न स्थानमा वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सर्वसाधारणलाई वित्तिय व्यवस्थापन वारे जानकारी दिने लक्षका साथ छथरजोरपाटी गाउँपालिकाको मझुवा, ५ नं वडा कार्यलय र जोरपाटी वजार र महालक्ष्मी नगरपालिकाको वडा नं ९ मूर्तिढुंगामा यो कार्यक्रम सञ्चालन गरिएको नेपाल बंगलादेश बैंक सिधुवा शाखाका प्रवन्धक टंक प्रसाद लिम्वुले जानकारी दिनुभयो ।

प्रवन्धक लिम्वुका अनुसार कार्यक्रममा बचत गर्ने बानीको विकास, कर्जाको आवश्यक्ता पहिचान तथा सदुपयोग, वित्तिय योजना तर्जुमा, कार्यान्वयन, जोखिम न्युनीकरण, विमा तथा विप्रेशण को वारेमा अन्तरक्रियात्मक विधि मार्फत प्रशिक्षण गराईएको थियो । कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदयित्व (सि.एस.आर) अन्तर्गत बैकका प्रदेश नं १ प्रमुख हरि प्रसाद कोइरालाको उपस्थितिमा भएको थियो ।

हिजो र आज सञ्चालन गरिएको यो कार्यक्रमको सहजीकरण नेश्नल बैंक ईन्ष्टिच्यूट काठमाण्डौका प्रशिक्षक तथा श्रोत व्यक्ति खगेन्द्र तिम्सिनाले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा २ सय ५० जना सर्वसाधारणको सहभागीता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।