धनकुटामा यात्रु सहायता कक्ष स्थापना
धनकुटा खबर । चाडपर्वको समयमा यात्रुहरुलाई गन्तव्य स्थान सम्म पुग्न सहज र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित वनाउने लक्षका साथ जिल्ला प्रहरी कार्यलय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरे, १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरिक्षक भीम वहादुर दाहाल लगायतको उपस्थितीमा सदरमुकामको धनकुटा वसपार्क र हिले बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

नजिकिदै गरेको चाडपर्व बिजय दशमी, दिपावली तथा छैठ पर्बको अवसरमा हुने सर्वसाधारणको अवागमनलाई ध्यानमा राख्दै यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा स्थानिय जनप्रतिनीधि,सञ्चारकर्मी तथा यातायात व्यावसायीहरुको उपस्थिती थियो ।



