हिले क्याम्पसको र’णनीतिक योजना प्र’स्तुत

धनकुटा खबर । धनकुटा नगरपालिका १ हिले क्याम्पसको रणनीतिक योजना २०७६ प्रस्तुत गरिएको छ । कक्षा ११ र १२ का ईञ्चार्ज रामचन्द्र चौलागाईको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख तारानाथ मिश्रको अध्यक्षतामा आज क्याम्पसमा आयोजित एक कार्यक्रमको वीच सहायक क्यापस प्रमुख प्रदिप फुयालले क्याम्पसको रणनीतिक योजना प्रस्तुत गर्नुभएको हो ।

जसअनुसार २०८१ सम्म क्याम्पसलाई प्रविधिमैत्री वनाईने,गुणस्तर अभिवृद्धी क्यू.ए.ए का लागि प्रक्रिया पूरा गर्ने र क्याम्पसमा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गर्ने रणनीतिक योजनाहरु रहेकाछन् ।

सोही कार्यक्रमको वीच अस्मिता पव्लिकेशन र केईसी पव्लिकेशनको सहकार्यमा प्राध्यापक प्रोत्साहनका लागि क्याम्पसका १७ जना शिक्षकलाई झोला वितरण र दशै, तिहारको शूभकामना आदान प्रदान पनि गरिएको सहायक क्याम्पस प्रमुख फुयालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖