गाउँ गाउँमा दशैको सामग्री ढुवानीमा स’मस्या

विकास घिमिरे, धनकुटा खबर । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण सडक संचालनमा मा समस्या सुरु भएको छ । केहि समय देखि परिरहेको अविरल बर्षाका कारण ग्रामिण सडक संचालनमा समस्या आएको हो ।

नेपालीहरुको महान चाड दशै र तिहार नजिकिदै गर्दा ग्रामिण सडक संचालन नहुदाँ गाउँ गाउँमा दैनिक उपभोग्य बस्तु लैजानलाई समस्या भएको व्यापारी जिवन लिम्बुले बताए ।

उनले भने दशै नजिकि सकेको छ दैनिक उपभोग्य बस्तु गाउँ गाउँ पुर्याई सक्नु पर्ने हो तर बर्षाका कारण सहज यातायत संचालन नहुदाँ दशै तिहारको लागि सामग्री लैजान लाई कठिनाई भएको छ ।

प्राविधीक स्टमेट बिना जथाभावि खनिएका बाटोले यतायताका साधान संचालन गर्ज समस्या भएकोले गर्दा सामाग्री ढेवानीमा समस्या भएको ढुवानी व्यावसायी चन्द्र लिम्बु बताउछन् । नेपालीहरुको महान चाड दशै र तिहार लाई लक्षित गरि स्थानिय सरकारले सडक निर्माणमा तदारुकता देखाई सहज आवत जावत र ढुवानी समस्या लाई समाधान गर्नू आवश्यक देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।