साफ यू– १८ च्याम्पियनसिप उपाधिका लागि भारत र बंगलादेश भिड्ने

काठमाडौं। साफ यू– १८ च्याम्पियनसिपमा फाइनलमा भारत र बंगलादेश भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा भारतले माल्दिभ्स र बंगलादेशले भुटानलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए । दुवै टिमले ४–० ले जित दर्ता गरेका थिए । फाइनल आइतबार हुनेछ । फाइनल पुगेका भारत र बंगलादेशले समूह ‘बी’को खेलमा गोलरहित बराबरी खेलेका थिए । जसका कारण फाइनल प्रतिस्पर्धा रोचक हुने विश्वास गरिएको छ ।

शुक्रबार भारतले खेलको सातौं मिनेटमा नरेन्द्र गहलटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा भारतले दोस्रो गोल ग¥यो । खेलको ७९औं मिनेटमा माल्दिभ्सका गोलरक्षक हसन अलिफले बल नियन्त्रण गर्न नसक्दा भारतले ३–० को अग्रता लिने अवसर पायो । मनवीर सिंहले कर्नर प्रहारमा गोल गरेका थिए । ८२औं मिनेटमा मितेइ निन्थोइङबाले गोल गर्दै ४–० को जित सुनिश्चित गरे ।

त्यसअघि भएको अर्काे सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० ले हरायो । पहिलो हाफमा नै बंगलादेशले ३–० को अग्रता कायम गरेको थियो । अन्तिम समयमा चौथो गोल प्रहार गरेको थियो । आइतबार भुटान र माल्दिभ्सबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖