पर्यटन प्र’वद्र्धनका लागि पू’र्वाधार विकासमा जोड

धनकुटा खबर । स्थानिय स्तरमा पर्यटन प्रवद्र्धन गर्नका लागि सवै भन्दा पहिला पूर्वाधार विकासमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाको पाँचौ वार्षिक साधारणसभाका सहभागी वक्ताहरुले त्यस्तो वताएका हुन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष खगेन्द्र विष्टको अध्यक्षतामा सञ्चालित साधारणसभालाई सम्वोधन गर्दै धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङले हिलेमा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास आवश्य रहेको भन्दै सोही अनुसार अहिले यहाँ सात वटा पर्यटकीय विन्दु (भ्यू प्वईन्ट) निर्माण भईरहेको जानकारी गराउनुभयो ।

क्रमागत योजना अनुसार वक्रकुण्ड मन्दिरको थप व्यवस्थापन गर्ने,त्यसको नजिकै भ्यू प्वईन्ट निर्माण, रत्न रिङरोडलाई विकास गरी नजिकमा घण्टाघर निर्माण,नाईट मार्केटको व्यवस्था गर्ने,जौटार सामुदायीक वनलाई वोटानिकल गार्डेनको रुपमा विकास गर्न सकिने र पीकनिक स्पोर्टको रुपमा विकास भईरहेको,ओक्मालुङको लुङधाङ गुफा,नजिकैको झरना र त्यहाँको झोलुङ्गे पुल, न्यूरोडमा वुद्धपार्क निर्माण,त्रीशुलेवाट देखीने सनराईजको दृष्यावलोकनको लागि व्यवस्थापन,हिले वजारको गुम्भालाई प्रदेश १ कै उत्कृष्ठ गुभा वनाउने र हिले सिरानको रत्न षडेश्वर शिवालय मन्दिरलाई व्यवस्थापन गर्ने सहितका कामहरु भईरहेको उहाँले वताउनुभयो ।

जसअनुसार घण्टाघर निर्माणका लागि यही जेट समेत विनियोजन भईसकेको र गुम्भा विकासका लागि पनि यही वर्ष वजेट प्राप्त हुने उहाँले जानकारी गराउनुभएको छ । त्यस्तै गरी कृषी पर्यटन प्रवद्र्धनका लागि अहिले नमूना गाउँ कार्यक्रम सञ्चालन भईरहेको वताउनुभयो । उहाँले विकासका लागि जनप्रतिनीधिहरुले अगुवाई र केही वजेटको व्यवस्था गर्ने भएकोले विकासको काममा सहयोग गर्न सवैलाई आग्रह समेत गर्नुभयो ।

साथै केन्द्रिय ढल निकास विभाग तथा सरसफाई खानेपानी विभागले ९ करोडको ठेक्का लगाईसकेकोले दशै तिहार पछि हिले वजारको सडक निर्माणको काम शूरु हुने र वजार फारकीलो हुने जानकारी गराउनुभयो ।

त्यस्तै संस्थाका अध्यक्ष विष्टले एक वर्षमा स्थानिय स्तरको ५० प्रतिशत वजेट मात्र पर्यटन प्रवद्र्धनका लागि लगानी गरेर एउटै मात्र महत्वपूर्ण काम गर्न सके उपलव्धिमूलक हुने धारणा राख्नुभयो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७५र७६ को आय व्यय विवरण सचिव चन्द्र कृष्ण ठकुरीले प्रस्तुत गर्नुभएको थियो । भने स्वागत मन्तव्य संस्थाका आजीवन सदस्य तथा हिले माविका शिक्षक दिपक घिमिरेले राख्नुभएको थियो ।

साधारणसभामा १ नं वडा सदस्य लालचन गोम्वा,नेकपा जिल्ला सचिवालय सदस्य नकुल राई,उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,हिले प्रहरी चौकी ईञ्चार्ज कुमार ढकाल,नेपाल रेडक्रश शोसाईटी हिले ईकाईका सभापति धिरेन थिङ,नेपाल तामाङ घेदुङका जिल्ला सचिव फूर्वा घिसिङ, नेकपा वडा कमिटी अध्यक्ष कमल थिङ लगायतले मन्तव्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।