इङ्लिस प्रिमियर लिग फुटबल : एभर्टनमाथि सिटीको सहज जित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको छ।

सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे। घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए ।

गुडिसन पार्कमा खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३३ औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको ७१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए।

जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ। दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ। सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ। लिभरपुलको २१ अंक रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।