पाख्रीबास- ४ मा तरकारी तथा मसला जन्य सामाग्रीको वीउ वीतरणमा तीब्रता
धनकुटा खबर, असोज १२ । यो वर्षको वजेटमा कृषीलाई प्रमुख प्रथामिक्तामा राखेको धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ ले किसानहरुलाई पहिलो चौमासिकको कार्यक्रम अन्र्तगत तरकारी तथा मसला जन्य सामाग्रीको वीउ वीतरणलाई तीव्रता दिएको छ ।
जसनुसार वडाका किसानहरुलाई मुला, केराउ, धनियाँ लगायत मसला तथा तरकारी जन्य सामाग्रीको वीउ वितरण गर्ने कामलाई निरन्तरता दिईरहेको छ । सम्पूर्ण कृषकहरुलाई करिव २ लाख वरावरको तरकारी जन्य सामाग्रीको वीउ वितरण गर्ने लक्ष राखेको ४ नं वडाले अहिले सम्म झण्डै ४ सय किसानलाई वीउ प्रदान गरि सकेको जनाएको छ ।

वडामा खरिद गरि ल्याएको वीउ सकिएको र अव फेरी ल्याएर वाँकी २९ जना कृषकलाई पनि वीउ उपलव्ध गराउने वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ को लागि कृषी तर्फ ८ लाख वजेट छुट्याएको यो वडाले यसपालि ३ लाखको वोयर जातको ४ वटा वोका खरिद गरी वडालाई मासुमा आत्मा निर्भर बनाउने लक्षका साथ व्यवसायीक वाख्रा पालक किसानलाई ४ समूहमा विभाजन गरेर प्रति समूह एक एक वटा प्रदान गर्ने, समूह नै विभाजन गरी व्यवसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानहरुलाई ४ वटा घाँस काट्ने मेशिन वितरण गर्ने र वेमौषमी तरकारी खेतीका लागि ४० वटा टनेल प्रदान गर्ने तयारी गरिएको वडाले जनाएको छ ।


