रोशनी शाही जे’ल जाने !

काठमाडौं, १५ असोज । रोशनी शाहीले किटानी जाहेरी दिएको भए निवर्तमान सभामुख कृष्णबहादुर महरा प क्राउ पर्थे । किटानी जाहेरी आएमा पक्राउ गर्ने भनाई नेपाल प्रहरीबाट आइसकेको थियो । तर, रोशनीले किटानी जाहेरी दिइनन् ।

आफूमाथि ज र्बजस्ती भएको दाबीसहित मिडियामा भनाई बाहिर ल्याइन् । तर, कानुनले मिडियामा दिएको बयानलाई मुख्य प्रमाण मान्दैन । घटनाको प्रकृति र घटनास्थलको प्रमाणलाई मुख्य मान्छ । त्यसबाहेक ज र्बजस्ती भएको हो होइन फोरेन्सिक जाँच हुन्छ ।

रोशनीले किटानी जाहेरी नदिएपछि अनुसन्धानका कतिपय विषय रोकिएका छन् । आफैले आरोप लगाएको विषयलाई एकै रातमा बयान बदलेर रोशनी असामान्य ढंगले प्रस्तुत भइरहेकी छिन् । उनले आफू डिप्रेसनको रोगी भनिन् । यसो हो भने उनी किन संसदको कर्मचारी भएर बसिन् ?

मंगलबार साँझबाट उनले फेसबुकमा लगातार महराको पक्षमा पोष्ट गरिरहेकी छिन् । उनीविरुद्ध जाने जो कोहीमाथि नकारात्मक टिप्पणी गरिरहेकी छिन् । आफैले बोलाएर अन्तवार्ता दिएका पत्रकारलाई तथानाम लेखेकी छिन् ।

यदि रोशनी शाहीले महरालाई आ रोप लगाएको हो भने यो घटनामा उनी दो षी छिन् । महराको च रित्रह त्या भएको छ । यदि रोशनीले झूटको खेती गरेकी हुन् भने महराको पदसमेत जानेगरी चरित्रह त्या गर्ने रोशनीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । कानुनले कसैमाथि झुटो विषय पेश गरेर चरित्रह त्या गर्ने या संवेदनशील ज र्बजस्तीको आरोप लगाउनेलाई कारबाहीको व्यवस्था गरेको छ ।

रोशनी किन रातारात बयान फेर्दै जसका विरुद्ध उभिइन् उसैको पक्षमा लागिन् भन्ने गम्भीर विषय बनेको छ । यसले नेपालमा उच्च तहबाट पहुँच र प्रभावका भरमा घटनालाई छोप्ने या मोड्ने गतिविधि भइरहेको त छैन ? गम्भीर प्रश्न उठेको छ । रिपोर्टस नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖