हिलेमा पानीको फोहरा सहितको लिटिल वुद्धपार्क उद्घाटन
धनकुटा खबर । धनकुटा १ हिलेमा निर्मित पानीको फोहरा सहितको लिटिल वुद्धपार्कको आज उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्य तथा पार्क निर्माण समितिका अध्यक्ष वीर वहादुर तितुङको अध्यक्षतामा सञ्चालित एक कार्यक्रमको वीच हिले न्यूरोडमा निर्मित लिटिल वुद्ध पार्कको उद्घाटन गरिएको हो ।
पार्क उद्घाटन नगर प्रमुख तामाङले गर्नुभएको हो । कार्यक्रममा वोल्दै नगर प्रमुख तामाङले धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रमा कृषी र वजार क्षेत्रमा पर्यटक प्रवद्र्धनको माध्यमवाट विकास गर्न धेरै सम्भावना रहेकोले सोही अनुसार योजना वनाई काम भईरहेको वताउनुभयो ।
उहाँले हिले वजार व्यापारिक र पर्यटकी केन्द्रका साथै राजश्व आम्दानीको समेत प्रमुख स्थल भएकोले यहाँ पार्कहरु निर्माण गरी पर्यटक आगमनलाई वृद्धी गर्न सके यहाँका भविष्य राम्रो हुने वताउनुभयो ।

त्यसैले हिले वजार क्षेत्रमा अन्य दुई वटा पार्क निर्माण गर्ने योजना रहेको पनि प्रमुख तामाङले जानकारी गराउनुभयो । त्यस्तैगरी १ नं वडाध्यक्ष निरेन तामाङले स्थानिय तहको चुनावको समयमा आफुहरुले जनता माझ गरेको प्रतिवद्धता पूरा गर्दै आएको वताउनुभयो ।
सोही क्रममा हिलेमा पर्यटक प्रवद्र्धनका लागि क्रमागत रुपमा निर्माण भईरहेका सेभेन भ्यू प्वईन्ट मध्येको एक यो पार्क निर्माएण गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा वोल्दै पार्क निर्माण समितिका अध्यक्ष तितुङले यो वुद्धपार्क धनकुटा नगरपालिका, १ नं वडा कार्यलय र समितिको गरी जम्मा १६ लाख ५० हजारको लागतमा निर्माण भएको जानकारी गराउनुभयो ।
उहाँले यसरी सवैको पहल र प्रयासमा निर्माण गरिएको यो पार्क लाई थप आकर्षक वनाउन, संरक्षण गर्न र व्यवस्थापन गर्नका लागि सवैले ध्यान पुर्याउन जरुरी रहेको वताउनुभयो । वडा सदस्यहरु लालच गोम्वा, फुलमाया विक, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगयतको उपस्थिती रहेको कार्यक्रममा चाडपर्वको शूभकामना पनि आदान प्रदान गरिएको थियो ।


