आइजीपी खनाल जसले जोखिम मोलेर गृहमन्त्रीका भाई र सभामुखलाई समेत का’रबाही गरे

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिअरमा धेरै जोखिम मोले । डिएसपी देखि एसएसपीसम्म हुँदा तराईका जिल्लामा खटिएर संगठित अपराधी देखि सिरियल किलरसँग जुधे । ठूला अपराधीलाई ज्यानको बाजी लगाएर पक्राउ गरे ।

अपराध अनुसन्धानमा एसएसपी हुँदा गुण्डा आतंक नियन्त्रणमा ल्याए । देशभर भएका गम्भीर ठगीको घटनालाई कमी गराए । डिआइजी हुँदा ट्राफिक व्यवस्थापनमा नयाँ शैली अपनाए ।

डिआइजीबाट एकैपटक आइजीपी बन्न सफल खनालले डेढ वर्ष संगठनको नेतृत्व लिएर महत्वपूर्ण कामहरु गरे । बन्न नसकेका प्रहरीका भवन निर्माण शुरु गराए, अपराध नियन्त्रणमा विशेष सफलता हासिल गरे । उनले अपराध गर्ने कसैलाई नछाड्ने नीति अपनाए । जस्तोसुकै दबाब थेगेर भएपनि कारबाही गरिछाड्ने प्रण गरेका खनालको कार्यकालमा दुई ठूला कदम चालिए । जसमध्ये एउटा गृहमन्त्री रामबहादुर थापा बादलको सहोदर भाईको पक्राउ र बहालवाला सभामुखमाथि अनुसन्धान ।

बादलका भाई संगठित अपराधीका गिरोहसँग जोडिएको सूचना आइजीपीसम्म पुग्यो । संगठित अपराध गरी जेलमा रहेका समिरमान सिंह बस्नेतसँग नरेश थापाको सम्बन्ध र उनको शंकास्पद गतिविधिलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिए । नरेशलाई पक्राउ गर्न आदेश दिए । बहालवाला गृहमन्त्रीकै सहोदर भाईलाई आइजीपीले पक्राउ गरेर देखाए जुन विगतमा कहिले भएको थिएन ।

खनालले सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न निर्देशन दिए । महरा तीनकुनेस्थित रोशनी शाहीको घरमा १२ असोजको साँझ पुगेको र त्यहाँ आफूमाथि जर्बजस्ती गरेको रोशनले हटलाइनमा फोन गरेर प्रहरीलाई जानकारी गराइन् । आइजीपीले घटना दबाउन मानेनन् । अनुसन्धान अगाडि बढाउन लगाए । प्रमाणहरु संकलन गरेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउने गरी कदम चाल्न निर्देशन दिए ।

अनुसन्धानले महत्वपूर्ण प्रमाणहरु फेला पारिसकेको थियो । सभामुख पदबाट महराले राजीनामा दिए । निवर्तमान सभामुखलाई १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ गरियो । आइजीपी खनालले यसमा बोल्ड निर्णय लिएका थिए । कानुनविपरित कार्य गर्ने कसैलाई उन्मुक्ति दिन नहुने मान्यतामा रहेका खनालले यो घटनामा जोखिम मोले ।

खनाल यस्ता आइजीपीका रुपमा स्थापित भए जसले पदमा रहँदा कसैलाई उन्मुक्ति दिएनन् । बहालवाला गृहमन्त्रीका भाई देखि सभामुख जस्तो उच्च पदका व्यक्ति समेत कारबाहीको दायरामा ल्याइए । यो नेपालको इतिहासमा प्रहरीले गरेको साहसिक र सन्देशमूलक कदम बनेको छ । रिपोर्टस नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।