नमस्ते झरनामा पर्यटक आगमन वृ’द्धी
धनकुटा खबर । चर्चित पर्यटकीय स्थल सिम्सुवा नमस्ते झरनामा पर्यटक आगमन वृद्धी भएको छ । धनकुटाको सागुरीगढी गाउँपालिको सिम्सुवामा रहेको यस चर्चित झरनामा विषेश गरी चाड पर्वको अवसर पारेर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धी भएको झरना व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष दिलिप लिम्वुका अनुसार चाडवाड नजिकिनु अघि दैनिक २ सयको हाराहारीमा मात्र पर्यटक आउने गरेकोमा अहिले दैनिक ४,५ सयको हाराहारीमा पर्यटकहरु आउने गरेकाछन् । यसैवीच पर्यटकहरुकै सेवालाई ध्यानमा राख्दै त्यहाँ वन्दै गरेको सेल्फि व्रीजमा रंगरोगन लगाउने काम भने अझै केहिदिन पछि मात्र गरिने भएको छ ।
वर्षातको कारण झरनामा पानीको वहाव वढी भएर पानीको छिट्का व्रीज सम्मै आईपुग्ने भएकोले रंग लगाउन समस्या भएको अध्यक्ष लिम्वुले वताउनुभयो । पानीको वहाव घटेपछि तिहार अघि सम्म सेल्फि व्रीजमा रंग लगाउने काम गरिने उहाँको भनाई छ । त्यहाँ आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिन पर्यटन कार्यलयको आर्थिक लगानीमा करिव ३० फुट लामो सेल्फि व्रीज निर्माण गरिएको छ ।


