कृषी समाग्री बितरणसँगै पाख्रीबासमा घरदैलो कार्यक्रम शूरु

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले कृषकहरुको घरदैलो कार्यक्रम शूरु गरेको छ ।

केही हप्ता अघि वडाले किसानहरुलाई वितरण गरेको तरकारी तथा मसला जन्य सामाग्रीको विउको व्याड कसरी राखे ? भन्ने कुराको निरिक्षण गर्न र अव वितरण गरिने घाँस काट्ने मेशीन, टनेलका लागि उपयुक्त कृषक तथा पशुपालक फम छनौट र गोठ सुधारका लागि अध्ययन गर्न लागि यो कार्यक्रम शूरु गरिएको वडाले जनाएको छ । घरदैलो कार्यक्रम तीन दिन सम्म सञ्चालन गरिने वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

किसानहरुलाई वडाले यो वर्ष २ लाख वढीको तरकारी तथा मसला जन्य सामाग्रीको वीउ वाँडेको छ । यसरी घरदैलो कार्यक्रम सञ्चालन भईरहदा कृषकहरुको जीवन स्तर माथि उकास्न र कृषीमा आत्मा निर्भर वनाउन अनुदानका महत्वपूर्ण कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।