धनकुटामा बास बस्ने ब’हानामा आएकाले नै गरे लु’टपाट
धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिका ५ बोधे रन्दलगाउ गैरिटोलको अबिर बहादुर जोगिको घरमा गएराती लु टपाटको प्रयास गरिएको छ ।
बास बस्ने बहानामा आएका तीनजना मध्ये अन्दाजी ४२ बर्षको एक व्यक्तिले अबिर वहादुरकी माईती आएकी छोरी दिलमाया जोगिको सुनको सिक्री र नेकलेस लु टेर भाग्ने क्रममा परिवारका सदस्य सहित गाउँलेहरु मिलेर त्यस व्यक्तिलाई नियन्त्रणमा लिई अस्थाई प्रहरी चौकी मौनाबुधुकमा जिम्मा लगाएको स्थानिय भूमिराज देवान आधुनिकले वताउनुभएको छ ।
स्थानियका अनुसार सिक्रि र नेकलेस अहिले सम्म फेला परेको छैन । लुट्ने व्यक्तिले वारी तिर फालेको भन्ने गरेका छन भने घरका मानिसले पनि फेला नपरेको वताएकाछन् । तीन जनाको संख्यामा आएका मध्ये अन्य दुईजना भागेको परिवारका सदस्यले वताएको स्थानियले जनाएकाछन् । यस घटनाको विषयमा वुझ्दा मौनावुधुक अस्थायी प्रहरी चौकीले लुपाटमा संलग्न भएको भन्दै एक व्यक्तिलाई स्थानियले प्रहरी चौकीमा ल्याएको र सोधवुझ गर्दा ती व्यक्तिले आफ्नो वारेमा विश्वास्निय जानकारी नै नवताएको जनाएको छ ।
उनलाई चिन्ने केही मानिसहरुको भनाई अनुसार ती व्यक्ति पाँचथर मौवाका खगेन्द्र कालिकोटे खड्का नाम गरेका व्यक्ति भन्ने सम्म मात्र खुलेको मौनावुधुक अस्थायी प्रहरी चौकीका असई विनोद आचार्यले वताउनुभयो ।
ती व्यक्तिको वोल्ने तरिका र हाउभाउ हेर्दा मानसिक सन्तुलनमा समस्या हो की भन्ने आशंका प्रहरीले गरेको छ । घटनाको वारेमा पीडित परिवारको उपस्थिती र उनिहरुले दिएको जानकारी अनुसार थप अनुसन्धान गरिने असई आचार्यले वताउनुभएको छ ।


