बैदेशिक रोजगारबाट फर्केका धनकुटाका यी युवा जसले गाऊकै भाईसँग मिलेर बनाए यस्तो ‘ट्री हाऊस’ (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आषर्ण गर्ने, स्थानिय भाई वहिनीहरुका लागि केही रोजगारीको अवसर र्सिजना र वसाई सराईको क्रम लाई समेत न्यूनिकरण गर्ने लक्षका साथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो ।

हेम र प्रेमले आफ्नै जग्गामा करिव ३ लाख वढी आर्थिक लागतमा यो ट्रि हाउस निर्माण गरेका हुन् । ४२ महिना विदेशमा काम गरेर केही वर्ष अघि मात्र घर फर्किनुभएका ३१ वर्षका हेम र गाउँ मै सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहनुभएका २६ वर्षका प्रेमले निर्माण गरेको ट्री हाउस यही दशैको नवामीको दिन उद्घाटन गरिएको हो ।

यो हाउस उद्घाटन गरेदेखी यता त्यहा मानिसहरुको आवतजावतको क्रम पनि राम्रै भईरहेको प्रेम लिम्वुले वताउनुभयो । आफ्नै ठाउँमा केही राम्रा र व्यवसायीक काम गरौ भन्ने चाहना भए पनि घरको न्यून आर्थिक स्थितीको कारण २०५९/६० साल तिर वैदेशिक रोजगारीका लागि कतार जानुभएका हेमको आफ्नो ठाउँमा केही गर्ने चाहना पुरानै हो । हेम विदेशवाट फर्केर आईसकेपछि परिवारका सदस्यले अरु जस्तै सुविधा युक्त ठाउँमा वसाई सरेर जाने करकाप भने नगरेको होईन ।

तर परिवारको त्यो कुरालाई वेवास्ता गर्दै आफ्नो सोच पूरा गर्न तर्फ हेम लाग्नुभयो । हेमको जस्तै ईच्छा अहिले सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहनुभएका प्रेम को पनि थियो । र छिमेकी दाईभाई दुई जनाले मिलेर सञ्चालन गरेको ट्री हाउस वरको रुखमा निर्माण गरिएको छ ।

अहिले उनीहरुले ट्री हाउस पूरा निर्माण पनि गरिसकेका छैनन् । अझ यसलाई सुन्दर र व्यवस्थित वनाउदै त्यही क्षेत्रमा अरु काम पनि गर्ने योजना रहेको उनीहरुले वताएकाछन् । जसलेगर्दा त्यहाँका स्थानियलाई केही सिकाई भएर वसाई सराईको क्रम न्यून हुँदै जाने,पर्यटक आगमन वृद्धी हुने अपेक्षा र केही स्थानिय व्यक्तिलाई रोजगारी पनि दिलाउने उनिहरुको लक्ष छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।