पहिलो हाफ गो’लरहित बराबरी खेलेको नेपाल बिरुद्द जोडर्न को पहिलो गोल

काठमाडौं । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अन्तिम अवे खेलमा नेपालले जोर्डनवि’रुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । घरेलु टोलीका आ’क्रमक प्रहा’र गोलकिपर किरण चेम्जोङले बिफल पारेपछि नेपालले पहिलो हाफमा जोर्डनवि’रुद्ध गो’लरहित बराबरी खेलेको हो ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा सुरुआती द’बाबमा परेपनि नेपालले सम्हालिएको प्रदर्शन गरिरहेको छ । नेपालले खेल सुरु भएको २ मिनेटमा नै घरेलु टोलीको आ’क्रमक प्र’हार बचाएको थियो । २२ औं मिनेटमा पाएको फ्रि-किक नेपालले सदुपयोग गर्न सकेन् ।

दुबै टोली आ’क्रमक खेल प्रदर्शन गरिरहेका छन् ।

नेपालका प्रशिक्षक जोहान कालिनले बिमल घर्तिमगरलाई आ’क्रमणको जिम्मेवारी दिएका छन् । गोलकिपरमा कप्तान किरण चेम्जोङ रहँदा डिफेन्डरमा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , सुमन अर्याल छन् । मिडफिल्डर रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रबि पासवान छन् ।

नेपाल चौथो तथा अन्तिम अवे खेलमा दोस्रो जितको लक्ष्यमा रहँदा जोर्डन घरेलु मैदानमा उत्कृष्ट नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ ।

गत बिहिबार अष्ट्रेलियासँग हा’र ब्यहोरेसँगै जोर्डन पुगेको टोली विगतमा जोर्डनसँग रहेको इतिहास फेर्न चाहन्छ । २०११ मा भएको विश्वकप छनोटमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले प’राजित भएको थियो ।

फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ । छनोटअन्तर्गत समूहका दुई खेलमध्ये एक खेलमा बराबरी र एकमा जित निकालेको जोर्डन ३ अंक बटुल्ने र’णनीतिमा रहँदा नेपाल अंक खोस्न चाहन्छ । समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ । नेपाल ३ अंकसहित चौथो स्थानमा छ । नेपालले जोर्डनभन्दा एक खेल बढी खेलेको छ ।

 

दोस्रो हाफमा जोर्डनले नेपाल बि’रुद्द एक गोलको अग्रता लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।