अ’न्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३-० ले प’राजित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तगर्त समूह बीको अ’न्तिम अवे खेलमा जोर्डनसँग प’राजित भएको छ ।
आज भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा स’म्हालिन न’सक्दो नेपाल घरेलु टोली जोर्डनसँग ३-० ले प’राजित भएको हो । जोर्डनको जितमा अहेमद इर्सान ,फेरास सेल्बाइह र बाहा फैसलले गो’ल गरे ।
अम्मान अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा घरेलु टोलीलाई गो’लरहित बराबरीमा रो’केपनि नेपाल दोस्रो हाफमा गो’लको शि’कार भयो । ५६ औं मिनेटमा नेपाली डिफेन्डर दिनेश राजबंशीको ग’ल्तीमा पाएको पे’नाल्टीमा जोर्डनले अग्रता लिएको थियो ।
जोर्डनका लागि फेरासले पे’नाल्टीमा गो’ल गरे । गो’लपछि उत्साहित जोर्डनले ७८ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । जोर्डनको अग्रता दोब्बरमा अहेमद इर्सानले गोल गरे । लगातारको गोलपछि द’बाबमा परेको नेपाल ८८ औं तेस्रो गो’लको सि’कार भयो । आत्तिएका नेपाली डिफेन्डरको फाइदा उठाउँदै जोर्डनका बाहा फैसलले गो’ल गरे ।
त्यो बिचमा नेपालले पाएका केही अवसर सदुपयोग गर्न सकेन् । त्योभन्दाअघि नेपालले पहिलो हाफमा आ’क्रमक खेलेको थियो । गोलकिपर किरण चेम्जोङले पहिलो हाफमा जोर्डनका धेरै प्र’हार बि’फल पारेका थिए ।
दोस्रो हाफमा किरणले प्रयास गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा अन्तिम अवे खेलमा नेपालले ३–० को हा’र ब्यहोरेको छ । योसँगै नेपालले समूह बी मा तेस्रो हा’र ब्य’होरेको छ । नेपालले अब समूहका बाँकी खेल घरेलु मैदानमा खेल्नेछ ।
यसअघि नेपाल गत बिहीबार अष्ट्रेलियासँग प’राजित भएको थियो ।


